नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा सुरज भण्डारी पुन: निर्विरोध चयन, शेर्पा, मरहट्ठा र घिमिरेलाई जनही १ हजार डलर सहित सम्मानित

Everest Fuji News २०८२ बैशाख ३० मा प्रकाशित       Published at 2025 May 13





प्रेमिला गौचन

लास भेगास , अमेरिका।  

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को २ दिने अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनमा संयुक्त राज्य अमेरिकाका ५० वटै स्टेटका पत्रकारहरु भेला भएका थिए ।

शनिवार र आईतवार भएको सो वृहत भेलाले नेजामा सुरज भण्डारी पुन: निर्विरोध चयन भएका छन। नोभाडा राज्यको लास भेगास स्थित प्यालेश होटलको सभा हलको वृहतसभाले भण्डारीको कार्यक्षमतालाई मूल्यांकन गरी पुनः अध्यक्षमा मनोनित गरेको हो।  

अध्यक्षमा दाबेदार उम्मेदवारहरु पूर्व उपाध्यक्ष सुजन पण्डित र महासचिव बाबुराम दहालले आ आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नया नेत्रुत्व चयनको लागि सहजीकरण भएको थियो। उपाध्यक्ष,महासचिव,कोषाध्यक्ष सहित १७ सदस्यीय कार्यसमिति नेत्रुत्व चयनको लागि दुबैजनाको योगदान महत्व्पूर्ण रह्यो।  



त्यस्तै क्षेत्रीय संयोजकहरूमा शान्तिराज राई (उत्तर पूर्व), दिपक दाहाल (पश्चिम), ओम आचार्य (मध्य) र सृजना काफ्ले (डिसी मेट्रो) चयन भएका छन्।


नेजाको निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्व चयनका गर्नका लागि कार्यसमितिले संस्थापक अध्यक्ष गिरीश पोखरेलको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन समिति बनाएको थियो । निर्वाचन समितिको सदस्यहरुमा मोहनसिङ लामा, रामेश्वर भण्डारी र गोपाल गड्तौला रहेका थिए। 


नेपाल पत्रकार महासंघ, नेपालका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनमा नेजाले एनआरएनए र नेजाको सहकार्यमा ३ जना पत्रकारहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, पूर्व महासचिव किरण मरहट्ट्ठा र पूर्व कान्तिपुरकर्मी बिजय घिमीरेलाई जनही १ हजार अमेरिकी डलर सहित, दोसल्ला र प्रमाण पत्रले सम्मानित गरेको छ। घिमिरे पेण्डामिकको समयको सम्मानित राशी उहांलाई यस अधिवेशनमा प्रदान गरेको हो । 

पुरस्कार छनोट समितिमा नेजाका सदस्य नारायण पुरीकोसंयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको थियो |


अधिवेशनमा वरिष्ठ पत्रकार, नेजाका सल्लाहार, एनआरएनए लास भेगासले आ आफ्नो मन्त्वय व्यक्त गरेका थिए | अधिवेशनको दोस्रो दिनको अधिवेशनमा फ्लोर डिस्कशन पनि ओपन गरेको थियो | जसमा सवै वक्ताहरुले आ आफ्नो सुझाव नेजालाई दिएका थिए । 

वक्ताहरु पूर्व आयुक्त यशोदा तिमिल्सिना, सल्लाहार सरोज काफ्ले, किरण मरहट्ठा, आङछिरिङ शेर्पा आदी थिए ।

शेर्पाले भने” नेजाको अध्यक्षताको कार्यकालमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउलेलाई नेजाले आमन्त्रण गरी आफ्ना माग राख्ने क्रममा प्रवासमा भएका पत्रकारहरुलाई पनि पार्षदको व्यवस्था गरिनुपर्ने माग राखेको तर अहिलेसम्म सुनुवाई नभएको ।”आफ्नो गुनासो उनले पोखे ।



कार्यक्रम सफल बनाउन स्थानीय व्यवसायी प्रकाश ज्ञवाली, समाजसेवी भगीरथ श्रेष्ठ र व्यवसायी तथा एनआरएन अभियन्ता बल राईको प्रमुख भूमिका रहेको थियो ।

शनिवार कार्यक्रमको सुरुवाती नेपालको राष्ट्रिय गीतबाट शुरु गरी प्रमुख अतिथि शर्माले पानसमा पत्ति बालेर कार्यक्रमको उद्घाटन गरेको थियो। लगत्तै नेजाका पूर्व सदस्य रजेन्द्र केसीको निधन भएकोले उनको चिरशान्तिको कामना गर्दै १ मिनिट मौन धारण गरी कार्यक्रमको औपचारिकता शुरु भएको थियो । 

दोस्रो दिन आईतबार नयाँ कार्यसमिति चयन भएको थियो । 

क्यालिफोर्नियाबाट आएकी एनआरएनए अभियन्ता रितादेवि प्रधानले कार्यक्रममा समसामयिक विषयमा कविता वाचन गरेर थप रौनकता थपेकी थिईन ।





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.