अनौपचारिक क्षेत्रमा रहेका झण्डै ८० लाख श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा समावेश गराइने

Everest Fuji News २०७९ चैत्र ९ मा प्रकाशित       Published at 2023 Mar 23


सामाजिक सुरक्षा कोषका सह–प्रवक्ता रोहित रेग्मीका अनुसार  अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई आगामी वैशाख १ गतेदेखि अनौपचारिक क्षेत्रमा रहेका झण्डै ८० लाख श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा समावेश गराइनेछ

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन लागिएको हो ।

 यसका लागि ५ पुस २०७९ मा कार्यविधि सार्वजनिक गरिएको थियो । ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा सञ्चालन कार्यविधि २०७९’ अनुसार उनीहरूलाई योजनामा आबद्ध गराउन लागिएको हो ।

त्यसका लागि स्थानीय पालिकाहरूसँग सम्झौता गरिनेछ । अहिले हरेक पालिकाहरूले आफ्नो क्षेत्रमा अनौपचारिक क्षेत्रको रोजगारीमा रहेका श्रमिकहरूको तथ्यांक राख्ने गरेको छ । सोही आधारमा उनीहरूलाई सुरक्षा योजनामा आबद्ध गराइने सह–प्रवक्ता रेग्मीले बताए ।

 ११ प्रतिशत रकम श्रमिक आफैँले जम्मा गर्नुपर्नेछ भने बाँकी ९.३७ प्रतिशत सरकारले जम्मा गरिदिनेछ । तर केन्द्र, प्रदेश तथा स्थानीय सरकारले उक्त रकम जम्मा नगरिदिने अवस्थामा योगदानकर्ता आफैँले जम्मा गर्नुपर्ने हुन्छ । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.