जापानमा आफ्नो भविष्य उज्जल वनाउने अभिलाषासाथ भित्रिने क्रम बढदो रहेको छ। यहाँ सम्भावनाका खानीहरु पनि नभएका हैनन भने त्यतिकै मात्रमा चुनौती रहेको पनि देखिन्छ।

पछिल्लो समयमा जापानमा नेपालीहरुको बढदो चापसँगै विभिन्न समस्याका कारण निराशा, आत्महत्या, र डिप्रेशनका समस्याहरु पनि बढदैगएको देखिएको छ। यि सम्बन्धित समस्याहरुमा सरोकारवालाहरुले वेलैमा ध्यान दिन जरुरी रहेको छ। त्यसै श्रींखलामा एक अर्का नेपाली परेका छन्।
नेपालवाट पढ़ाईको सिलसिलामा जापान आई जापानको कोबेमा बस्दै अाऊनुभएका स्थायी घर घ्याल्चोक - गोरखा , नाम : डमर गुरूङ को असामयिक निधनले हामी सम्पूर्ण जापानवासी नेपालीहरुमा दु:खीत तुल्याएको छ ! यो दु:ख़त घड़ीमा मृतक को अात्माले शान्ति पाँऊन र शोकाकुल परिवारलाई धैर्य धारण र सहनशक्ति प्राप्त होस।
दुख परेको वेलामा सहयोग गर्नु पनि मानवता हो भन्दै अन्तराष्ट्रिय नेपाली समाज जापानले मृतकको परीवारलाई ६७ हजार जापानी एन आर्थीक सहयोग गरेको छ।
सहयोग यसमध्ये १७ हजार एन गोरखा समाज मार्फत र २००० हजार एन NRNA कान्साई मार्फत र बाँकी ४७०००¥ मृतकको बुबा दल बहादुर गुरूङलाई प्रत्यक्ष रुरमी पठाइएको जानकारी गराएको छ।त्यसैगरी आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुमा मुरीमुरी धन्यावाद ज्ञापन पनि गरेको छ।