ग्लोबल आइएमर्इ बैंकमा खाता हुनेले मोबाइलबाट विजुलीको महशुल तिर्न सक्ने

Everest Fuji News २०७४ आश्विन ८ मा प्रकाशित       Published at 2017 Sep 24


काठमाडौं। ग्लोबल आइएमई बैंकले बिजुलीको बिल ग्लोबल स्मार्ट मोवाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्न सकिने भएको छ।   बिजुलीको बिल तिर्न लामो समय लाईन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले यो सेवा सुचारु गरेको हो । बैंकमा खाता रहेका ग्राहकले ग्लोबल स्मार्ट मोवाईल बैंकिङ्ग सेवा मार्फत घरैमा बसि नेपाल बिद्युत प्राधिकरणको बिल तिर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। यो सेवा उपभोग गर्नका लागि स्मार्ट मोवाईलमा ग्लोबल स्मार्ट एप डाउनलोड गरि त्यसमा रहेको पेमेन्ट अप्सनमा गएर एनइए पेमेन्टमा दिइएको निर्देशन अनुसार बिल तिर्न सकिने बैंकले जनायो।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.