एनअारएनएको निर्वाचन हुदै ,जापानबाट ६ जना प्रतिष्प्रधी-

Everest Fuji News २०७४ आश्विन ३० मा प्रकाशित       Published at 2017 Oct 16


  प्रेमिला गौचन , जापान । आश्विन, ३० -२०७४ तदनुसार सेप्टेम्बर, १६ -२०१७ एनआरएनएको नयाँ नेत्रुत्वको लागि सहमतीको प्रयास भई रहेको छ । यदी सहमती नभएमा निर्बाचन हुने सम्मेलनमा सहभागी एक प्रतिनिधिले म्यासेन्जर मार्फत एवरेष्ट फुजी न्युज डट कमलाई जानकारी दिएका छन । अध्यक्ष पदका लागि हिजो भवन भट्टले उम्मेदवारी दिएका छन भने जमुना गुरुङ घले र टिबी कार्कीले आज बिहान १० बजे तिर उम्मेदवारी दिएका थिए। अन्तत :अध्यक्षका अर्का प्रत्यासी टिबी कार्कीले ऊम्मेदवारी दर्ता गरेनन .. आज बिहान अन्तिम समयमा कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् ।कार्कीको पक्षमा गल्फ क्षेत्रबाट २५० जना प्रतिनिधिहरु रहेकोले सोही संख्यालाई आधार बनाई कार्कीले आफ्ना प्रतिस्पर्धी भट्ट र गुरुङ् कसलाई साथ दिने औपचारिक रुपले घोषणा गरेका छैनन । सुरुका दिनमा २ हजार जना जती सहभागी भएता पनि आपसी विबादका कारण केही डेलिगेट्शरु आफ्नै गन्त्यव्य तर्फ फर्केकोले करिब एक हजार आठसय  जना जतिले मतदान गर्ने एनआरएन स्रोतले जानकारी दिएका छन । एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक÷एक जना तथा युवा संयोजक र उपसंयोजक एकएक जना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् । सम्मेलनमा ७७ देशबाट सहभागी एक हजार ८ ४० गैरआवासीय नेपालीले आफ्नो नाम दर्ता गरेका छन् । यो संख्या अघिल्ला बर्षहरुको भन्दा निकै धेरै हो । जापानबाट को को प्रत्यासी ..?? अध्यक्ष भवन भट्ट लगायत उपाध्यक्षमा चिरिन्जिवी थापा , एसिया प्यासिफिकमा किरण बिक्रम थापा , गोविन्द श्रेष्ठ ' रोदन, उपसन्योजकमा पारशमणी पोखरेल, युवा सन्योजकमा सुदन थापा पनि प्रतिस्प्रधिमा भिड्नेछन । एनआरएनएको विधानअनुसार एक हजारसम्म सदस्य भएका देशबाट एक सय प्रतिनिधिले मताधिकार पाउँछन् भने हजारभन्दा बढी भएको अवस्थामा प्रत्येक हजारपछि सदस्य र प्रतिनिधिको अनुपात कम हुँदै जान्छ। गैरआवासीय नेपालीहरुकै कारण राजधानीका ठूला साना तारे होटल र रेष्टुरेन्टहरु भरिभराउ भएका छन् । होटलहरुमा गैरआवासीय नेपालीहरुको बसाई १० प्रतिशतसम्म रहेको होटल सञ्चालक एवं व्यवस्थापकहरुले जानकारी दिएका छन् । संघको विश्व सम्मेलनअन्तर्गत आइतबार दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेद्धारा प्रस्तुत एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन २०२० एण्ड वियोण्ड’ केही संसोधित सहित पारित भएको छ । प्रस्तावमा नीति निर्माण संस्था र परोपकारी कामका लागि सहयोग कोष स्थापना गर्ने अध्यक्षको अधिकार उपाध्यक्ष, महासचिवलगायतका सचिवालयमा पनि बाँड्ने, दोस्रो पुस्तालाई पनि एनआरएनएमा समेट्ने कार्यक्रम ल्याउने उल्लेख छ ।    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.