नेपालबाट जापानमा आएर लामो समयदेखी ब्यापार ब्याबसाय गरेर बस्नुभएका प्रतिष्ठित ब्याबसायी हरिचन्द्र लामा ,रामु अधिकारी र हरि,थापा सहित दर्जनौ ब्याबासायीहरु नेपाली संघीय समाज जापानका अध्यक्ष पेम्बा शेर्पा ,महासचीब सन्जीब राई र कान्तो क्षेत्रीय अध्यक्ष जलन राईको उपस्थितिमा टोक्याे स्थित एक होटलमा चियापान तथा नयाबर्षको शुभकामना आदनप्रदान कार्यक्रममा संघीय समाजबादी फोरममा प्रबेश गरेका छन ।

ब्याबसायी लामा लामो समयदेखी NRNA जापानको केन्द्रीय कार्यसमिति लगयात दर्जनौ संघ संस्थामा नेतृत्वाकारी भुमीका खेल्दै आएका जापानबासी नेपाली समुदयहरु बीच एक चिरपरिचित ब्याक्त्ति हुन भने अधिकारी र थापा नेपालमा लामो समय माओबादी आन्दोलनमा होमिएका योध्दा हरु हुन ।
चियापान भेटघाट क्रममा हरिचन्द्र लामाले आफ्नो संक्षिप्त भनाइ राख्दै माओबादी पुर्ण रुपमा संघीयत र परिवर्तन बिरोधि एमाले भईसकेकाले अब उनीहरुबाट नेपालमा परिवर्तन सम्भब नरहेको झिकिर गर्दै अब मुलुकका पिछाडा बर्गहरुको मुक्त्तिको आन्दोलन संघीय समाजबादी फोरम नेपालको नेतृत्वामा मात्रा सम्भब रहेकाले आफुहरु संघीय समाजबादी फोरम प्रबेश गरेको र जीबनको अन्तीम घडीसम्मा यही पार्टीमा रही उत्पिडीत जनताको पक्षमा लागिरहने प्रतिबध्दता जाहेर गर्नु भएको थियो भने अर्का ब्याबसायी रामु अधिकारीले आफुहरु संघिय समाजबादी फोरमको राजनैतीक दर्शन र नेताहरु अशोक राई र उपेन्द्र यादबको राजनैतीक कार्यशैलीहरुबाट प्रबाभित भई संघीय समाजबादी फोरम प्रबेश गरेको जानकारी गराऊदै आफुहरु कसैको उक्सावाट र बाध्यताले नभई पार्टीले अबलम्बन गरेकाे राजनैतिक मार्गप्रति पुर्ण रुपमा देशको सम्मृध्दी हुने आपेक्षा सहित अबको बाकी दीन समाजबादी फोरमलाई आर्थीक भौतीक लगयात सबै तवरबाट सहयोग गर्न तयार भएको जानकारी गराऊदै आजैको मितिबाट समाजबादी फोरम प्रबेश गरेको जानकारी गराऊनुभएको थियो ।
लामा काभ्रे ,अधिकारी गुल्मी र थापा बाग्लुङ बासी हुन साथै उहाहरुले प्रबासमा रहेरपनि आफ्नो गृह जिल्लामा बिभिन्न सहयोग गर्दै आऊनुभएको छ ।