चियापान कार्यक्रममा भट्टले संघको आन्तरिक गतिबिधिका बारेमा केही खुलासा -
Everest Fuji News२०७४ पुष २४ मा प्रकाशितPublished at 2018 Jan 08
‘विवस’ प्रेमिला
टोकियो ,जापान ।
गैर आवासिय नेपाली केन्द्रिय संघका अध्यक्ष भवन भट्टले संघमा भएको करिव ४० करोड निक्षेप मेघा बैंकमा ११% ब्याजमा मौज्दात राख्ने तयारीमा रहेको खुलासा गरेका छन । तर हाल सम्म ८% मुद्दतिमा रहेको बताउदै उनले तर यो कुन बैंकमा रहेको हो , यसको खुलासा भने गरेनन । स्थापनाकालदेखी हाल सम्म दोहोरो
नागरिकतामा अल्झिरहेको तर नेपालीहरु ४ वटा पासपोर्टहरु समेत प्रयोग गरेको खुलासा गर्दै उनले ४ ओटै पासपोर्टहरु सम्बन्धित राष्ट्रहरुको नागरिकता लिइ सकेको र सम्बन्धित देशहरुको सुबिधा भोगचलन गरी सकेको परिप्रेक्षमा गैर आवासिय नेपालीको हकमा नेपाल सरकारले लचकता देखाउनु पर्ने धारणा राखे ।
नेपाली काङग्रेसको भात्री संगठन जन संपर्क समिती, जापानद्वारा आयोजित मेलमिलाप, चियापान तथा अङ्रेजी नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले बिदेशमा रहेका स साना संस्थाहरुले पनि उल्लेखनिय काम गरेको तर गैर आवासिय संगठनको ठुलो पुँजि नेपालमा लगानी गर्न कानूनी झन्झटिलो रहेकोमा दु:ख व्यक्त गरे । उनले लाप्राकस्थित दुम्किवासमा निर्मित भुकम्प पीडितका लागि निर्माण गरिएको लाप्राक प्रोजेक्ट पनि हस्तान्तणको तयारीमा रहेको बताए ।
ठुला ठुला नेताहरु सजिलै मेलमिलाप गर्छन् भने तपाईं हामी सा सानो कार्यकर्ताहरु झिना मसिना कुरामा अन्तर्विरोध गरेर आपसी वैमनश्यता तिर नालाग्न सुझाव दिदै भारत र चिन दुवै राष्ट्रको उत्तिकै सहयोग चाहिने धारणा पनि राखे ।
नेपाली राजादुतावासका उपनियोग प्रमुख कुल चन्द्र अर्यालले राजदूत प्रतिभा राणा अस्वस्थ्यका कारण कार्यक्रममा सहभागि हुन नसकेकोमा उहाको प्रतिनिधित्व गर्न आएको व्यक्त गर्दै जापानवासी पुराना, स्थापित, बुद्दिजिवी र सबै वर्ग क्षेत्रका नेपालीहरुको बृहत जमघटमा आफु सामेल हुन पाएकोमा खुशी व्यक्त गरे ।
अन्तरराष्ट्रिय समान्वय समितिका सन्योजक किरण विक्रम थापाले कसैले पनि कृतिम नाटक नगर्न आग्रह गर्दै उहाले यथार्थ धरातलमा आउन सुझाव दिदै कृतिम नाटकले केही समयको लागि आनन्द त देला तर अन्तत: यसले जीवनमा पिडा नै दिने भएकोले कसैले पनि नौटन्की नगर्न आग्रह गरे ।
एनआरएन अभियन्ता तथा सफल व्यवसायी महेश कुमार श्रेष्ठले शक्तिशाली दुबै राष्ट्र चीन र भारतको चेपुवामा हामी नेपाली रहेकोले नेपालीहरु हरेक कुरामा चनाखो हुनु पर्ने बिचार व्यक्त गरे ।
सम्पर्कका अध्यक्ष रोशन केसिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जापानवासी संचारकर्मीहरु र नेपालीकोहरुको बाक्लो उपस्थिति थियो ।
आयोजक जन सम्पर्क समिती जापानका महामन्त्री रामजंग कार्किद्वारा सन्चालित सो कार्यक्रममा विभिन्न भात्री संगठनका कार्यकर्ताहरुले विपिको समाजवादको सिद्दान्तलाई सम्मान गर्दै आ आफ्नो धारणा राखेका थिए ।