घले समाज जापानले यही जनवरी १४ मा ल्होसार मनाउने -

Everest Fuji News २०७४ पुष २४ मा प्रकाशित       Published at 2018 Jan 08


टोकियो,२३ पुस । नेपालमा रहेका आदिवासि जनजाति मध्ये कुनै समयमा नेपालमा राज्य संचालन समेत गरेको लिल फङ (घले समाज )जापानले यहि जनवरी १४ मा टोकियोमा नयॉ वर्ष ल्होसार मनाउने भएको छ । ल्होसर नेपालमा रहेका अधिकांस जनजातिहरुले नयॉ वर्षको रुमा मनाउने गर्दछन । घले जातिको आपनै भाषा र संस्कृति रहेको पाईन्छ । नेपाल एकिकरण हुनु पुर्व अहिलेको गण्डक प्रदेशको मध्य तथा हिमाली पहाड़ी क्षेत्रमा बसोबास रहेको घलेहरुले कुनै बेला गण्डाकि क्षेत्रमा राज्य संचालन गरेको ईतिहास रहेको छ । जनवरी १४ मा हुने घलेहरुको नयॉ वर्ष ल्होसारको लागि लिल फङ घले समाज जापानका अध्यक्ष पुर्ण बहादुर घलेको सयोजकत्वमा समिति निमार्णगरी यस वर्ष पनि घले ल्होसार भब्यता पुर्वक मनाउने भएको हो । घले ल्होसारको लागि स्वयंसेवक उप समितिमा उपध्यक्ष सुरेन घले, सांस्कृतिक उपसमितिको संयोजकमा अशोक घले, अतिथि उपसमितिको संयोजकमा कूष्ण घले, आर्थिक संकलनमा मनोज घले, प्रचार प्रसारमा संयोजकमा अनुरोध घलेलाई ज़िम्मेवारी तोकेको छ । जापानमा करिब पॉचसय घलेहरु बिभिन्न पेशा तथा ब्यबसाय गरी रहेको अनुमान रहेको छ । स्थान-: रोधी क्लब टोकियो सिनओकुबु समय :- बेलुकी ५:००बजे मिती:- २०१८ जनवरी १४ आईतवार


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.