टोकियोमा भारी हिमपात, सतर्कता अपनाउन आह्वान

Everest Fuji News २०७४ माघ ८ मा प्रकाशित       Published at 2018 Jan 22


टोकियो : जापानको राजधानी टोकियोको ठूलो क्षेत्रमा सोमबार भारी हिमपात भएको छ । मानव दैनिक जीवनलाई असर पारेको र यातायात सेवालाई प्रभावित पारेको हिमबर्षा मंगलबारसम्म हुनसक्ने जलसम्वन्धि निकायका अधिकारीहरूले चेतावनी दिएका छन् । जापान जलबायु विभागले टाहोकु र होक्काईडोमा पनि हिउँले पुरै ढाकेको र कान्तो कोशिन तथा तुहोकु क्षेत्रमा स्थानीय समय अनुसार मंगलबार विहान ६ बजेसम्म ३० सेन्टिमिटर हिउ थुप्रिने अनुमान गरिएको जनाएको छ । त्यसैगरी होकुरिकु देखि चुगुकुसम्मको मध्य तथा पश्चिमी क्षेत्रमा २० सेन्टिमिटर र उत्तरी क्युसु र शिकोकु क्षेत्रमा १५ सेन्टिमिटरसम्म हिउँले ढाक्ने पुर्वानुमान गरिएको छ । मंगलबारसम्म टोकियोका २३ वार्डमा १० सेन्टिमिटर र अन्य ठाँउहरूमा ३० सेन्टिमिटर बाक्लो हिउँ पुग्ने देखिएको छ । जापानको सार्वजनिक प्रसारण (एनएचके)ले सोमबार बेलुकी टोकियोसँग जोडिएका मुख्य सडकहरुमा यातायात सेवा आंशिक रुपमा अवरुद्ध भएको जनाएको छ । त्यसैगरी टोमेई र शिन टोमेई द्रूतमार्ग, अन्तर महानगर र सुटो द्रूत मार्गमा सवारी साधन राम्रोसँग चलाउने अवस्था रहेको अधिकारीहरुले बताएका छन् । जापानी झण्डाबहाक जापान एयरलाइन्सले २० भन्दा बढी उडान रद्ध गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । सोमबारको उडान रद्ध हुँदा झण्डै पाँच हजार यात्रु प्रभावित भएको अधिकारीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.