टोकियोमा स्व माया पुर्जाप्रती भावपूर्ण श्रदान्जली शोक सभा सम्पन्न -

Everest Fuji News २०७४ फाल्गुन १३ मा प्रकाशित       Published at 2018 Feb 25


म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) जापानको आयोजनामा नेपालको म्याग्दी , दानामा सवारी दुर्घटनामा परी असमायिक निधन भएकी माया पुर्जा (४१) को १३ औ पुन्य तिथीको अवसर पारी भावपूर्ण श्रदान्जली कार्यक्रम सम्पन्न गरेको छ । स्व पूर्जा करिव ५ वर्षको जापान बसाइ पछी केही समय अघी नेपाल फर्केकी थिइन । मोना जापानका अध्यक्ष महेन्द्र बानियाको सभापतित्वमा सम्पन्न सो श्रदान्जली कार्यक्रममा म्याग्देली लगायत अन्य शुभ चिन्तकहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । शोक सभाको शुभारम्भ १ मिनेट मौन धराण गरी शोक धुन सहित दिप प्रज्वलन गरी स्व। पुर्जाको तस्विरमा माल्यार्पण गरिएको थियो । शोक सभामा आफन्तजन तथा हितैषिहरुका आँखाबाट निरन्तर आसु झारी रहेका थिए । म्याग्दी, राहुगंगा , गाउपालिका -१ बेग निवासी स्व पूर्जाको एक छोरा र एक छोरी छन । एकल महिला स्व पूर्जाका आँखा नदेख्ने वृध्द आमा , अपाङ्ग दिदी र छोरा छोरीका एक्ली साहारा थिइन । मोना जापानको उपाध्यक्ष इन्दिरा गर्बुर्जाको सन्योजकत्वमा आर्थिक सहयोग सँकलन अभियान सुरु गरेको छ । सो अभियानमा ऐच्छिक सहकार्य गर्न अन्य नेपाली बन्धुहरुलाई पनि हार्दिक अनुरोध गरेको छ । श्रदान्जली सभामा एनआरएन जापानका सँस्थापक अध्यक्ष राजन प्रधानाङ्ग , मगर संघ जापान , पुन क्लब जापान लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि , व्यवसायी , विद्यार्थी लगायत सर्वसाधारणको पनि उपस्थिती रहेको थियो ।        


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.