अप्रिल १ मा जनजाति पत्रकार महासंघ जापान शाखाको दोस्रो अधिवेशन हुने

Everest Fuji News २०७४ चैत्र १७ मा प्रकाशित       Published at 2018 Mar 31


जापान,१५ चैत । नेपाली पत्रकारिताको क्षेत्रमा क्रियाशील जनजाति पत्रकारहरूको संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज जापान शाखाको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । फोनिज जापान शाखाको दोस्रो अधिवेशन घोषणा सभा तथा जापानमा कृर्याशिल अग्रज पत्रकार सम्मान कार्यक्रम २०१८ अप्रिल १ आइतवार वारकाडे हल शिनओकुबु टोकियो जापानमा हुने फोनिज जापानका अध्यक्ष शान्त पहरीले जानकारी दिनुभयो । देश विदेशमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहितका साथै क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण कामहरु गर्दै आएको छ । विगत १५ वर्षदेखि संगठित हुँदै अहिले आएर ४६ जिल्ला र चार विदेश शाखाका रुपमा हामी विस्तार भइसकेका छ । फोनिज केन्द्रको अधिवेशन यहि चैत् २३ र २४ गते काठमाडौंमा हुनेछ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.