नेपाल जापान विद्यार्थी समाजको वार्षिकोत्सव तथा सांस्कृतिक धमाका २०१८ को तयारी अन्तिम चरणमा ।

Everest Fuji News २०७५ बैशाख ८ मा प्रकाशित       Published at 2018 Apr 21


सन्तोष चोखाल (जापान) - आँउदो अप्रिल २९ तारीख़ सम्पन्न हुन लागेको नेपाल जापान विद्यार्थी समाजको वार्षिकोत्सव तथा सांस्कृतिक धमाका २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ । समाजले दोश्रो वार्षिकोत्सवको अवसरमा प्रकाशन गर्ने ‘ विद्यार्थी डायरी- २ ‘ लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समाजका केन्द्रीय अध्यक्ष चेतन पौडेलले बताउनु भएको छ । दोश्रो वार्षिकोत्सवको अवसरमा जापानमा रहेका चर्चित कलाकारहरूको साथमा बेजोड़ सांगितिक धमाकाको समेत तयारी सकिएको सांस्कृतिक कार्यक्रम संयोजक यदुराम सापकोटाले जनाउनु भएको छ । सांस्कृतिक धमाका अन्तर्गतको कार्यक्रममा चर्चित कलाकारहरू युवराज आचार्य ,रामकृष्ण बम मल्ल ,सूर्य खड़का ,सोना केसी संगै हास्यकलाकार कुमार श्रेस्ठ’फर्सीलाल’को बेजोड़ प्रस्तुति रहनेछ । कार्यक्रमकै दिन जापानमा पहिलो पटक सुरु गरिएको जापानी भाषा निबन्ध लेखन प्रतियोगिताको नतीजा घोषणा संगै पुरस्कार वितरण लगायत विभिन्न विधामा सम्मान समेत गरिने जनाइएको छ । दिनको ठीक १२ बजेबाट बाराकाँडे गुड टाइम्स सिनोकूबो टोकियोमा हुने कार्यक्रम बेलुका ५ बजेसम्म रहने जनाइएको छ । समग्रमा कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न आफुहरू तयारी अवस्थामा रहेको र नि:शुल्क कार्यक्रम समेत भएको हुनाले जापानवासी सम्पूर्ण विद्यार्थी लगायत सबैमा उपस्थितीको लागी समाजका केन्द्रीय अध्यक्ष पौडेलले अनुरोध गर्नु भएको छ । साथै सोही दिन प्रकाशित हुने अति उपयोगी पुस्तक ‘विद्यार्थी डायरी २ ‘ कार्यक्रम हलमै नि:शुल्क रूपमा वितरण गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.