कास्की पोखरा समाजको तेस्रो अधिबेसन आउन अब २ दिन मात्रै बाँकी -
Everest Fuji News२०७५ श्रावण १७ मा प्रकाशितPublished at 2018 Aug 02
नजिकदै गरेको अधिवेशन भव्यताको साथ सम्पन्न हुने विष्लेषकहरुले आँकलन गरेको छ ।
बिभिन्न पेशा व्यवसायमा आवद्द सम्पूर्ण कस्केलीहरुलाई यही आउदो अगस्त ५ तारिख आइतवार समाजको तेस्रो अधिवेशनमा सहभागी भै एकीकृत भइदिनको लागि कास्की पोखरा समाज जापानले अनुरोध गरेको छ ।
समाजको तेस्रो अधिबेसनमा सहभागिता जनाइ नयाँ कार्यसमिति चयनको लागि उपयुक्त व्यक्तिहरुलाइ आ-आफ़्नो अभिमत जाहेर गरि नयाँ कार्यसमिती निर्माणको लागि पनि अनुरोध गरेको छ ।
तपसिल:- कास्की पोखरा समाज तेस्रो अधिबेसन २०१८
स्थान:- 東京都新宿区百人町2-20-23 , 2F शोलमारी मुराहल २F
मिती:- २०१८ अगस्ट ५ तारीक
समय:-दिनको १:३० बजे
जय कास्की पोखरा समाज
निर्बाचन मंडल अध्यक्ष
शिब प्रसाद पौडेल