टोकियोमा नेपाली बिज्ञ हरुको बौद्धिक छलफल सम्पन्न

Everest Fuji News २०७५ श्रावण २९ मा प्रकाशित       Published at 2018 Aug 14


टोकियो , जापान ।

जापानको टोकियोमा यही अगष्ट ११ तारिखमा नेपाल जापान डाईलग सिरिज नामक बौद्धिक छलफल सहितको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। जापानको लागि महामहिम नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट जापानमा गई अध्ययन, अध्यापन, अनुसन्धान,तथा विभिन्न बिषयमा बिज्ञता हााँसिल गरि जापानलाई कर्मथलो बनाएका ७० जना जति नेपालीहरु बुद्धिजीविहरु को साथमा केहि जापानी हरुको पनि उपस्थिति रहेको थियो ।

दुई सत्रमा बिभाजन गरेर संचालन गरिएको उक्त कार्यक्रमको पहिलो सत्रमा एहिमे बिश्वोविद्यालयका सह-प्राध्यापक डा. नेत्र प्रकाश भण्डारीले नेपालको बर्तमान बिकासको मोडल यसमा रहेको कमीकमजोरी र चुनौतीहरुलाई तथ्याांङक सहित विश्लेषण गर्नुभएको थियो भने दोश्रो सत्र मा सिटिनेट का निर्देशक केन्द्र बरुवाले नेपालमा नीतिगत तथा कार्वान्वयन पद्दतिमा रहेका कमि कमजोरी हरु लाइ औल्याउनु भएको थियो।त्यसै गरि बिज्ञ बक्ताको रुपमा स्वीडेन रोयल इन्स्टिच्युट अफ टेक्नोलोजी का सहायक प्राध्यापक डा.दिलिप खतिवडाले नेपालको कृषि क्षेत्रको आधुनिकी करणको लागि कृषक लाइ कसरि उत्प्रेरित गराउने भन्ने सम्बन्धमा लाभांश वितरणको ब्राजिलियन मोडल प्रस्तुत गर्नु भएको थीयो। त्यसैगरी टोक्यो सिटि युनिभरसिटि का प्राध्यापक डा.होम रिजालल सहरी दिगो वातवरनिय सुधारको बिषयमा आफ्नो प्रस्तुतीकरण दिनुभएको थीयो।

बिज्ञ बक्ताकै रुपमा नेपाल सरकारका सहसचिब हाल जापानको मेइजि बिस्वोबिद्यालयमा अध्ययनरत गोकर्ण मणि दुवाडी, चुकुवा बिस्वोबिद्यालयका सहायक प्राध्यापक डा.जित सापकोटा कमनवेल्थ इञ्जिनियरिङ्ग कम्पनीका चिफ इन्जिनियर डा.झबिन्द्र घिमिरे, टोकियो बिस्वोबिद्यालय का सह-प्राध्यापक डा.भुवनेश्वोर शाह,सूचना

प्रबिधि बिज्ञ चण्डी सुबेदी नेपाल सरकारका उपसचिव लक्ष्मी घिमिरे, भुकम्प प्रबिधि रास्ट्रिय समाजका अध्यक्ष गणेश जिमी लगायत ले आफ्नो धारणा राख्नु भएको थीयो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम राजदुत प्रतिभा राणाले जापानमा रहनुहुने बिज्ञ नेपाली समुदाय हरु संगको भेटले आफु अत्यन्तै हर्षित भएको र नेपाली दुताबासले सधै यस्ता खालको कार्यक्रम हरुलाई प्रोत्साहन गर्ने बताउनु भएको थीयो। बिशेष अतिथि को रुपमा गैर्ह आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले संसारकै उत्कृस्ट प्रबिधि भएको देश जापान बाट नेपाल र नेपालीले धेरै कुराहरु सिक्ने र अबलम्बन गर्ने अबसरको रुपमा लिनु पर्ने बताउनु भयो।त्यसै गरि उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले अन्य यी र यस्तै बिबिध खालका थिमेटिक एरियामा छलफल हुनुपर्ने र यस्ता खालको कार्यक्रमहरुले निरन्तरता पाउदै जाओस भन्दै सुभकामना व्यक्त गर्नुभयो। टोक्योको इचिगाया स्थित जाइका ग्लोबल सेन्टरको हलमा सम्पन्न उक्त कार्यक्रमलाइ अर्थ मन्त्रालयका उपसचिव, हाल टोकियो बिस्वोबिद्यालयमा अध्यनरत गगन बि .के ले संचालन तथा सहजीकरण गर्नु भएको थीयो भने क्योदाई रेमिटान्स ले कार्यक्रमको प्रायोजन सहयोग गरेको थीयो जसलाई नेपाली राजदुताबासले सुरुवातिका दिन देखी हौसला को साथमा सपोर्ट गरेको थियो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.