एन आर एन कन्साइ जापानको आज तीज कार्यक्रम स्थगन..

Everest Fuji News २०७५ भदौ २१ मा प्रकाशित       Published at 2018 Sep 06


 

एन आर एन कन्साइले आज गर्ने भनेको तीज बिशेष कार्यक्रमा स्थागन गरेको छ । गल्कोट समाज खान्साइका सस्थापक अध्यक्ष तथा एन आर एन जापानका निबर्तमान  केन्द्रिय तथा कन्साइका सल्हाहकार डिलाराम सापकोटाको हिजो उपचारको क्रममा निधन हुनु भएको थियो ।

 उहाको निधनको कारणले आज गरिने तीज विषेश कार्यक्रम अकस्मात स्थगन गरिएको कान्साइवासी एन आर एन र गल्कोटवासीले जनाएको छ ।

   

अन्दाजी ५० वर्षिय स्व. सापकोटा केही समय यता मुटुको समस्या देखिएको जापानको पुरानो वासिन्दा हुनु हुन्छ । पुर्ख्योउली घर मल्म ,हटिया ,गल्कोट बाग्लुङका सापकोटा  जापानमा स परिवार बस्दै आउनु भएका उहा स्वच्छ छवी भएका व्यक्तित्व हुनु हुन्थ्यो ।

 अर्को सुचना प्रकाशित नहुन्जेल सम्मको लागि स्थगन गरिएको एन आर एन कान्साइका संयोजाक भुमिराज दवाडिले जानकारी दिनु भयो ।

यस बाट पर्नगएको असुबिधा प्रती एन आर कान्साइले क्षमा यचाना गर्आदै र्को मिती पछी तय गर्ने जनाएको  छ।

 

त्यस्तै गल्कोट समाज जापान टोकियो क्षेत्र र गल्कोट स्पोर्ट्स क्लवले संयुक्त रुपमा टोक्यो रोधी क्लबमा दर खाने तथा सम्मान कार्यक्रम पनि स्थगित गरिएको समाजको प्रकाशन शाखाका प्रमुख लक्मण कार्कीले एबेरेष्ट फुजिन्युज डट कमलाई टेलिफोन मार्फत जानकारी दिनु भएको छ ।

 

गलकोट समाजका पुर्व अध्यक्ष नर बहादुर थापा लगायत वर्तमान अध्यक्ष दिलु खत्री तथा गल्कोटवासिहरुले आ- आफ्नो फेसबूक वालमा तस्विर सहित उहाका योगदानको कदर गर्दै भावपूर्ण श्रादान्जली व्यक्त गरेका छन ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.