टोकियो । रोल्पालीहरुको साझा संगठन रोल्पा समाज जापानले नेपाली नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै एक सांस्कृतिक कार्यक्रम गरी सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख आकर्षण नेपालबाट आमन्त्रित लोक गायिका रितु थापा मगरको प्रस्तुती रहेको थियो । गायिका थापाले प्रमुख अतिथी, विषेश अतिथी , आमन्त्रित पाहुना तथा रोल्पालीहरुलाई नचाउन सफल भएकी थिईन । साथमा स्थानिय कलाकार तथा डि जे जोहन छन्त्यालको लोकसङीतले थप मनोरन्जन प्रदान गरेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मगर संघ जापानका संरक्षक गम जुग्जाली मगरले ' हामी नेपाली जन्मजातै सहयोगी भावना प्रकृतिको हुने भएकोले हामी जहाँ गए पनि संगठन खोल्न आतुर हुन्छौ र संगठित हुन्छौ। यसले गर्दा हामीहरु एक आपसमा भैपरी आएका विविध कामहरु सम्पन्न गर्न सफल हुने भएकोले यस संगठन विस्तारलाई सकारात्मक पक्ष भएकोले हामी सबैले हातेमालो गर्नु जरुरी रहेको बताउनु हुँदै समाजको सफलता तथा सहभागी सम्पूर्णमा नया वर्षको शुभकामना दिदै वक्तव्यको बिट मार्नु भएको थियो ।

त्यस्तै अर्का अतिथीका आशन बाट विगत ३५ वर्षदेखी जापानमा बस्दै आउनु भएका समाजसेवी जोहन छन्त्यालले गतसाल दसैं तिहार मनाउने क्रममा नेपालमा करिव ६ महिनाको बसाइमा रोल्पा जिल्लाको जलजला हिमालको भ्रमण गरेको अनुभव सुनाउदै शुभकामना मन्त्यव्य दिनु भएको थियो ।
अन्तरराष्ट्रिय रोल्पा समाज जापानका सँयोजक कमल बाठाले कुनै पनि संगठनको काम , कर्त्यव्य र अधिकार ठीक तरिकाले सन्चालन भएको छ भने यसले कालान्तरसम्म निरन्तरता दिन सक्ने अन्यथा कुनै पनि संस्था खोल्न्नुको औचित्य नभएको औंल्याउनु भयो ।

समाजका अध्यक्ष प्रेम प्रकाश रोका मगरको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चिवा, तोचुगी, गुम्मा तथा टोकियोमा रहेका रोल्पालीहरु तथा गैर रोल्पालीहरुको वृहत भेलाले कार्यक्रमलाई थप रौनकता थपेको थियो । एभरेष्टफुजी न्यूज़ डट कमकी सम्पादक तथा प्रकाशक प्रेमिला गौचन, एनआरएनए जापान चिवाका अध्यक्ष विष्णुप्रसाद सुबेदी,मोना जापानका उपाध्यक्ष विशाल केसी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । शिन ओकुबो स्थित टोकियो रोधी क्लबमा बिहान १० बजे देखी साझ ५ बजेसम्म सम्पन्न सो कार्यक्रमपछी सबै सहभागीहरु आपसी भलाकुसारी गर्नको लागि कार्यक्रम स्थल नजिकै रहेको तोयामा पार्कमा गएर परिचयात्मक तथा एक आपसमा दु:खसुखका भावनाहरु साटासाट गरी आ -आफ्ना गन्त्यव्यतिर लागेका थिए ।

