टोकियोमा ‘समृद्व नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम हुँदै (भिडियो सहित)

Everest Fuji News २०७४ असार १४ मा प्रकाशित       Published at 2017 Jun 28


जापान । जापानमा हुने विविध कार्यक्रम मध्य आगामी २ तारिख नाकानो जेरो हलमा हुने मोटिभेशनल कार्यक्रम विषेश हुनेछ । जसमा शिक्षाविद तथा जापानका लागि पूर्व राजदूत डा केदार भक्त माथेमा , बिबिसी नेपाली सेवाका पुर्व प्रमुख रबिन्द्र मिश्र र पत्रकार प्रेम बानिया प्रमुख वक्ता हुनेछन । जापानबासी नेपालीलाई सम्बोधन गर्नको लागि माथेमा र मिश्र हिजो नेपालबाट प्रस्थान गरेको तस्बिर रबिन्द्र मिश्रको फेसबूक वालमा राखेका छन भने प्रेम बानिया पनि अमेरिका बाट आउँदैछन। उहाहरुको सम्बोधन फुकुओका र टोकियोमा हुनेछ । यसमा कुनै राजनैतीक भाषण नभै विशुद्ध जनचासोका सवाललाई सम्बोधन गरिने आयोजकले जनाएको छ । समृद्व नेपाल निर्माण अभियान (आईएनएफएसडी) ले ‘समृद्व नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको हो । यहि जुलाई २ तारिख आईतवार नाकानो जिरो हलमा ६ बजेदेखि सुरु हुने अन्तरक्रिया कार्यक्रमको संयोजकमा वैदेशिक लगानी उच्चस्तरीय समन्वय तथा अनुगमन समितिका सदस्य महेश श्रेष्ठ रहेका छन् भने सह-संयोजकमा आयोजक संस्था आईएनएफएसडीका संयोजक दुर्गा खत्री रहेका छन् । भिडियो : रबिन्द्र गोर्खाली http://www.youtube.com/watch?v=qA1BaNaEYAc#action=share


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.