एन.आर.एन कान्साईमा त्रिपक्षीय प्रतिस्पर्धा संयोजकको लागि कटवाल,दवाडी र घिमिरे मैदानमा.

Everest Fuji News २०७४ असार २१ मा प्रकाशित       Published at 2017 Jul 05


जापान भरि एन.आर.एन को माहोल तातिरहेको अबस्थामा धमाधम विभिन्न क्षेत्रीय समिति हरुको अधिबेसन हरु हुदै गर्दा जसरि जापानको नेपाली समुदायमा माहोल तातिरहेको छ त्यसैगरी विभिन्न क्षेत्रीय समिति हरुमा पनि धमाधम अधिबेसन हरु सम्पन्न हुने क्रममा छन् जसमध्ये बहु प्रतिक्षित मानिएको टोक्यो मा ९ तारिक हुदैछ भने अर्को बहु प्रतिक्षित क्षेत्र कान्साइमा १० तारिक हुदैछ| एन.आर.एन कान्साइको निर्बाचन समितिले प्रक्रिया पुगेको उम्मेदवारहरुलाई उम्मेदवारी दिन आब्हान गरेको मिति जुलाई ३ तारिक भित्र उम्मेदवारी दिएका उम्मेदवार हरुको संख्या देख्दा यसपाली कान्साइमा राम्रै प्रतिस्पर्धा हुने स्थिति देखिएको छ| सबै भन्दा प्रतिक्षित संयोजक पदको लागि महेश कुमार कटवाल,भूमिराज दवाडी,रमेश घिमिरे गरेर तिन जनाको उम्मेदवारी परेको छ,त्यसै गरि २ उपसंयोजक को लागि कृष्ण गैरे शर्मा ,प्रेम प्रसाद कंडेल र हरि प्रसाद कंडेलको उम्मेदवारी परेको छ भने सचिबमा बिकाश पराजुली र सहसचिबमा बिष्णु प्रसाद सुबेदी, भुम गैरे र नर बहादुर थापा हुनुहुन्छ भने सबै भन्दा बढी उम्मेदवारी कोसाध्यक्ष पदको लागि ६ जनाको परेको छ जसमा महेन्द्र केसी, डिल्ली प्रसाद सापकोटा(बिष्णु),अनिल पौडेल,दिपक गौतम,सिबू थापा र सुबाश चन्द्र दवाडी छन् त्यसै गरि ७ सदस्यको लागि भने ठिक ७ जनाको मात्र उम्मेदवारी परेको छ जसमा सुरेश सापकोटा,बालकृष्ण सापकोटा, चुडामणि कंडेल, कृष्ण सुबेदी, राम नारायण केसी (रमेश),प्रकाश गैरे र ऋषिराम सापकोटा छन् . एन.आर.एन कान्साईको आगामी कार्यकालको लागि नेत्रित्वो चयन र अधिबेसन यहि जुलाई १० तारिक ओसाकाको मिनातो कुमिन सेन्टर बेन्तेंचोमा हुदैछ| अधिबेसन तथा नया कार्यसमिति चयनको लागि उक्त दिन कार्यक्रम १४:०० बजे बाट सुरु गरिने जानकारी प्राप्त भएको छ. संयोजक पदको लागि ३ जनाको आबेदन र सबै भन्दा बढी कोसाध्यक्ष पदको लागि ६ जनाको आबेदन आएकोमा हरसम्भब सहमतिमा लाने प्रयत्न भैरहेको र यदि उम्मेदवार हरु सहमतिमा नआएको खण्डमा त्यसै दिन निर्बाचन गरि सम्पूर्ण प्रक्रिया सम्पन्न गरिने निर्बाचन समितिका संयोजक नरेन्द्र बस्नेत(दिनेश) ले जानकारी गराउनु भयो.


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.