
टोकियो , जापान । गैर आवसिया नेपाली संघ जापानको अध्यक्षमा वर्तमान उपध्यक्ष टासि लामा र महासचिव अनुज थापाको उम्मेदवारी परेको छ । वरिष्ठ उपध्यक्षमा देविलाल भन्डारी निर्विरोध हुनु भएको छ ।
त्यस्तै उपध्यक्षमा सरोज कुमार खत्री, शिव प्रसाद पौडेल, जिवन न्यौपाने, द्रोण सिलवाल, छत्र दाहाल, महिला उपध्यक्षमा अनिता गुरुङ र सविता श्रेष्ठको उम्मेदवारी परेको छ ।
महासचिवमा वर्तमान सचिव बुद्धि घिमिरे र विरेश्वर रेग्मीको उम्मेदवारी परेको छ ।त्यस्तै सचिवमा जनक विक्रम शाहि, वासुदेव लामिछाने र प्रकाश थापाको उम्मीदवारी दर्ता गरेका छन ।
कोषाध्यक्षमा प्रलाद महत, कालिका थापा र महेन्द्र कुमार अधिकारीको उम्मेदवारी परेको छ भने यस वर्ष थपिएको सहकोषध्यक्षमा राम थापा अनिल निर्विरोध भएको छन ।
एक महिला सहित छ केन्द्रीय सदस्यको लागि १९ जनाको उम्मेदवारी परेको छ ।निर्वाचन समितिले भने उम्मेदवारीको टुङो लगाएपछि नाम सार्वजनिक गर्ने जनाएको छ ।