वरिष्ठ गायक तथा संगीतकार आचार्यको राजकीय सम्मानका साथ अन्तिम संस्कार, छोराद्वयले दिए दागबत्ती

Everest Fuji News २०८० फाल्गुन १५ मा प्रकाशित       Published at 2024 Feb 27


काठमाडौं ,


 वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ। पशुपतिस्थित आर्यघाटमा मंगलबार अपरान्ह आचार्यका छोराद्वय सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका थिए।

आचार्यको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सलामी अर्पण गरेको थियो। भजन शिरोमणिको उपाधि पाएका आचार्यलाई अन्तिम श्रद्धाञ्जली अपर्ण गर्न गायक,संगीतकार तथा शुभचिन्तकहरू आर्यघाट पुगेका थिए।

अन्तिम दाहासंस्कार अघि आचार्यको पार्थिव शरीरमा प्रधानन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए।

आचार्यलाई श्रद्धाञ्जली दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ,पर्यटनमन्त्री सुदन किराती,पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली,विभिन्न दलका नेता,शुभचिन्तक,गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकार,सर्वसाधारण नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेका थिए।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2022 News. All Rights Reserved.