बैसार २८ गतेदेखि चल्ने सदन कुनै रोकटोकविना चलाउन महत्वपूर्ण आधार बनेको सभामुखको दाबी

Everest Fuji News २०८१ बैशाख २६ मा प्रकाशित       Published at 2024 May 08


काठमाडौँ/

सभामुख देवराज घिमिरेले आगामी बैसार २८ गतेदेखि चल्ने सदन कुनै रोकटोकविना चलाउन महत्वपूर्ण आधार बनेको दाबी गर्नुभएको छ ।

सभामुख घिमिरेको सभाकक्षमा दलका शीर्ष नेताहरूसँगको छलफलपछि सो कुरा बताउनु भएको हो । उहाँले आजको बैठकबाट सदन रोकटोकबिना चलाउन महत्वपूर्ण आधार बनेको बताउनु भएको हो । सभामुख घिमिरेले दलहरू समस्या समाधानमा निष्कर्ष निकालेर सदनको बैठक अबरोध नगरि अघि बढ्ने दायित्व सबैको भएको समेत बताउनु भयो । उता सभामुख घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठक भने निष्कर्ष विहीन भएको बताइएको छ । सो बैठकमा दलहरू आ–आफ्नै अडानमा उभिएपछि बैठक निष्कर्षविहीन भएको जनाएएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री शंकाको घेरामा रहेकोले छानबिन समिति बनाएर काम अगाडी बढाउनु पर्ने अडानबाट पछि नहटेको बताउनु भयो । उहाँले संसदीय छानबिन समिति बनाउनुपर्छ । प्रश्नैप्रश्नको घेरामा उभिनुभन्दा छानबिनलाई सहयोग गरेको राम्रो हुने समेत बताउनु भएको छ । संसद् अवरोध गर्ने नगर्ने कुरा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा भर पर्ने समेत सचेतक लेखकले बताएका छन् । गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयले नै मेरोविरुद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको प्रतिक्रिया दिनु भएको बताइएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको जग हल्लाउने राजनीतिक उद्देश्यबाट कांग्रेसले माग राखेकाले छानबिन समिति नबन्ने जिकिर गर्नुभएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसदमा गृहमन्त्रीलाई कांग्रेसले सहज रूपमा बोल्न दिने र समिति बनाउन थप संवाद गर्ने समझदारी भएको समेत बताउनु भएकोछ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2022 News. All Rights Reserved.