संसदीय छानबिन समिति बनाउने कुरा असम्भव : नेकपा एमालेका प्रमुख सचेतक

Everest Fuji News २०८१ बैशाख २६ मा प्रकाशित       Published at 2024 May 08



नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताउनु भएको छ ।

उहाँले सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलका क्रममा सो कुरा गर्नुभएको हो । उहाँले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको जनाउँदै गृहमन्त्रीलाई मात्रै लक्षित गरी कांग्रेसको संसदीय छानबिन समितिको माग गर्ने कुरा सम्भव नरहेको जिकिर गर्नुभयो । प्रमुख सचेतक बर्तौलाले आगामी संसद्को बैठकका बारेमा छलफल भएको र पहिलो दिन सबै राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने गरी व्यवस्थित बनाउने बारेमा छलफल भएको पनि जानकारी दिनुभएको । उहाँले गृहमन्त्रीमाथि लागेको आरोपबारे संसद्मा नेकपा एमालेले सत्य तथ्य जान्न र सुन्न चाहेको बताए ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2022 News. All Rights Reserved.