आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि १३ वटा देशको टोली घोषणा

Everest Fuji News २०८१ बैशाख २६ मा प्रकाशित       Published at 2024 May 08


काठमाडौँ/

आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका छन् ।

आउँदो जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जानकारी दिएको छ । टी–२० विश्वकपका लागि सबैभन्दा पहिला न्युजिल्यान्डले टोली घोषणा गरेको थियो । न्युजिल्यान्डले केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको बताइएको छ । नेपालले रोहितकुमार पौडेल, भारतले रोहित शर्मा, पूर्वविजेता इङ्ग्ल्यान्डले जोस बटलर, दक्षिण अफ्रिकाले एडन मार्करमको कप्तानीमा टोली घोषणा गरेको छ । यसैगरी अफगानिस्तानले राशिद खान, अस्ट्रेलियाले मिचेल मार्श, क्यानडाले साद बिन जफर, ओमानले अकिब इलियास, स्कटल्यान्डले रिची बेरिङटन, युगान्डाले ब्रेन मसाबा, अमेरिकाले मोनान्क पटेल र वेस्ट इन्डिजले रवमान पावेलको कप्तानीमा टोली घोषणा गरेको छ । २० वटा देश सहभागी हुने प्रतियोगिताका लागि बङ्ग्लादेश, आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स, पपुवा न्यु गिनी, पाकिस्तान, श्रीलङ्काले टोली घोषणा गर्न बाँकी रहेको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2022 News. All Rights Reserved.