काठमाडौं /
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभा बैठकले आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो भने सभाले संशोधनका प्रस्तावलाई अस्वीकृत गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।