काठमाडौं/
आज स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९१ हजार कायम भएको छ।यो मूल्य हालसम्मकै उच्च हो। यसअघि अघिल्लो बिहीबार प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो।आज सुनको मूल्य बढेपनि चाँदीको भाउ भने स्थिर छ। चाँदी एक तोलाको १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।