बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदली हुने

Everest Fuji News २०८२ जेठ १५ मा प्रकाशित       Published at 2025 May 28


काठमाडौं /


देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव संगै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदली हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार देशको पहाडी भूभागहरूमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने जनाएको छ भने गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा समेत हुने बताएको छ । आज दिउसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने जनाइएको छ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको बताइएको छ । आज राति बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.