७२ औं अन्र्तराष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

Everest Fuji News २०८२ जेठ १६ मा प्रकाशित       Published at 2025 May 29


काठमाडौं/


आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२ औं अन्र्तराष्ट्रिय सगरमाथा विभिन्न कार्यक्रम गरि मनाईदै छ । 

सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएको दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्र्तराष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा आज बिहान कर्मचारी सञ्चयकोष ठमेलबाट विभिन्न झाँकीसहित प्रभातफेरी शुरू भई वसन्तपुरमा औपचारिक कार्यक्रम गरि मनाइएको छ । भने दिउँसो ‘सगरमाथा समिटर्स समिट’ कार्यक्रमको आयोजनाको तयारी छ । सो कार्यक्रममा कीर्तिमानी आरोहीका अनुभव आदान–प्रदानका साथै साहसिक पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकरणबारे बहस हुने कार्यक्रम रहेको बताइएको छ । दिवसकै अवसरमा विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम समेत रहेको बताइएको छ । दिवसको आयोजनाले भावी पुस्तालाई हिमाल आरोहणको सपनाहरू पछ्याउँदै भावी परिदृश्यहरूको सम्मान र संरक्षण गर्नसमेत प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.