काठमाडौं/
राजावादी समूहले हिजोदेखि सुरु गरेको प्रर्दशन आज पनि जारी रहेको जनाएको छ ।
हिजो काठमाडौंको विभिन्न स्थानबाट ¥याली सहित सुरु गरेको सडक प्रर्दशन आज भने शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा आज माइतीघरमा प्रदर्शन हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ । हिजो राजावादी समूहले राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो । राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुर्नस्थापनाका साथै संघीयता खारेजीको माग गरेर हिजोदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेको जनाएको छ । सो प्रर्दशनमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध रहेको बताइएको छ ।।