संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्नु अनुचित : नेपाली कांग्रेस

Everest Fuji News २०८२ जेठ २१ मा प्रकाशित       Published at 2025 Jun 03


काठमाडौं/


नेपाली कांग्रेसले संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ ।

हिजो पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा.प्रकाशशरण महतले सो कुरा बताउनु भएको हो । उहाँले संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनु पर्ने समेत बताउनु भएको छ । उहाँले मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको समेत बताउनु भएको छ । उहाँले जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको बताउदै अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । 

उहाँले त्रुटीहरूलाई समाधान गर्नेगरी संविधान संशोधनका विषयहरू अगाडि बढाउनुपर्ने कुरा सरकारले गरेको समेत स्पष्ट पार्नुभएको छ । कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता आगामी असारसम्म सम्पन्न गर्न पार्टीलाई सक्रिय बनाउने विषयमा छलफल गरिएको छ । प्रवक्ता महतले पार्टीको केन्द्रीय कमिटीको बैठक छिटै बस्ने जानकारी दिनुभएको छ । आफूहरू लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएको बताउँदै राजावादीहरूका गतिविधिहरूलाई सरकारले नरोकेको समेत बताउनु भएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.