गोली चलाएर लागुऔषध कारोबारको क्रममा चार भारतीय नागरिकलाई नियन्त्रणमा

Everest Fuji News २०८२ जेठ २९ मा प्रकाशित       Published at 2025 Jun 11


काठमाडौं/


काठमाडौंको टोखा स्थित ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर चार भारतीय नागरिकलाई लागुऔषध कारोबारको क्रममा नियन्त्रणमा लिएको जनाएको छ । 

मंगलबार लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा २ जना प्रहरी समेत घाइते भएको बताइएको छ । लागु औषध कारोबारको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेल सहितको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । सो क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि प्रतिरक्षा कालालागि प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिइएको बताइएको छ । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ । ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् । ब्युरोका प्रमुख एसएसपी कोइरालाले पक्राउ गर्न पुगेको प्रहरीलाई रड प्रहार गरेपछि प्रहरीले चार राउन्ड हवाइ फायर र ३ राउन्ड गोली कारोबारीका खुट्टामा प्रहार गरेको बताउनु भएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.