काठमाडौं/
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा असन्तुष्टी व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता बिभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सो असन्तुष्टी व्यक्त गर्नुभएको हो । उहाँले नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफु र पार्टीलाई चित्त नबुझेको बताउनु भएको छ ।
उहाँले नेपाल–भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाई गर्न जरुरी रहेको धारणा राख्नुभएको छ । उहाँले सुनको आयातलाई पूर्णरुपमा खुला गरे लुकिछीपी ल्याउने काम बन्द गर्नु पर्ने विषयमा समेत जोड दिनुभएको छ । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनिकरण गर्नुपर्ने समेत बताउनु भएको छ ।उहाँले उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्नेमा समेत जोड दिनुभएको छ ।।