काठमाडौं/
काठमाडौं/
धरानका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रबिक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा धरान तनावग्रस्त बन्न पुगेको छ ।
श्रमदानको बिल उपभोक्ता समिति बनाएर पेश गरेपछि भुक्तानी रोकेको भन्दै उपमेयर आइन्द्र बेघालाई मेयर हर्क साम्पाङ पक्षले हार्दिक श्रद्धाञ्जली लेखेपछि माओवादी कार्यकर्ता आक्रोशित भई मेयर साम्पाङको कार्यकक्ष घेराउ गरेसंगै घरान तनाबग्रस्त हुन पुगेको बताइएको छ । हिजो दुवै पक्ष आम्ने साम्ने भएपछि धरान उपमहानगरपालिकामा सशस्त्र, नेपाल प्रहरीनै परिचालन गरेर झडव हुनबाट भने जोगिएको बताईएको छ । बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षा दुईजनाबीच विवाद भएको र त्यसको सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका मेयर हर्कका समर्थक उपमहानगर आएको बताइएको छ । मेयर हर्कका समर्थकले ‘विकासविरोधी उपमेयर चाहिँदैन । राजनीतिक दलहरू चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए । माओवादी कार्यकर्ताले ‘हर्क साम्पाङ मुर्दावाद, गैरकानूनी काममा राज्यको दोहन गर्न पाइँदैन भन्दै’ नारा लगाएका छन् । वडा नम्बर १६ मा ग्याबिन जाली राख्न श्रमदानबाट गरिएको कामको डोर हाजिर बनाएर भुक्तानी मागिएपछि त्यसलाई बेघाले रोकेको बताइएको छ । पहिले सकिएको कामलाई कानूनविपरीत निकासाका लागि दबाब दिएको र आफूले अनुगमन र समर्थन गर्न नसक्ने बेघाको अडान रहेको छ । मेयर साम्पाङले भने बाढीपीडित क्षेत्रमा आपतकालीन अवस्था हेरेर जनताको घर बचाउन तत्काल काम गरिएको प्रष्टीकरण दिएका छन् ।।