शिक्षकहरुको आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै बिपक्षी दलको विरोध

Everest Fuji News २०८२ बैशाख १५ मा प्रकाशित       Published at 2025 Apr 28


काठमाडौं /

बिपक्षी दलका सांसदहरुले शिक्षकहरुको आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विरोध गरेका छन् ।सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरुले शिक्षकहरुसंग सहमति गर्नुको साटो उनीहरुमाथि दमन गरिएको भन्दै विरोध जनाएका हुन् ।नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रुपमा धर्ना बसेका शिक्षकहरुमाथि सरकारले दमन गरेको भन्दै भत्र्सना गर्नुभयो ।

संविधान निर्माणंसंगै समयमा नै नया ऐन बनाउन नसकेकाले शिक्षकहरु बाध्य भएर आन्दोलनमा आउनुपरेको उहाले बताउनुभयो । उहाले ऐनजारी गर्नुपर्ने शिक्षकहरुको जायज मागलाई सम्बोधन नगरि दमनमा उत्रनु उचित नभएको जिकिर गर्नुभयो ।त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षकहरुमाथि राज्यले गरेको दमनको विरोध गर्दै शिक्षकहरुको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाले बालबालिकाहरुको पढ्ने अधिकार हनन भइरहेको अवस्थामा सरकारले तत्काल निकास निकाल्नुपर्ने बताउनुभयो ।त्यस्तै राप्रपा सांसद रोशन कार्कीले शिक्षक आन्दोलनमा घुसपैठ गराएर सरकारले दमन गरेको आरोप लगाउनुभयो । शिक्षा ऐन पारित गर्दै शिक्षकहरुलाई पठनपाठन गर्ने वातावरण बनाउन उहाले माग गर्नुभयो ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.