गोली हानी ५१ जना प्यालेस्टिनीको हत्या

Everest Fuji News २०८२ असार ५ मा प्रकाशित       Published at 2025 Jun 19


बीबीसी/


दक्षिणी गाजामा राहत वितरण स्थल नजिकै इजरायली सेनाले गोली हानी ५१ जना प्यालेस्टिनीको हत्या गरेको छ भने २ जनाभन्दा बढी घाईते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यामले जनाएको छ । 

इजरायली सेनाले खान युनिसमा सहायता स्थल नजिकैको भीडमा गोली चलाउँदा दुई जनाभन्दा धेरै घाइते भएको प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गाजामा सहायता वितरण स्थलहरू नजिकै भइरहेका दैनिकजसो गोलीबारीहरूमध्ये पछिल्लो र सम्भावित रूपमा सबैभन्दा घातक बन्दै गएको छ । खान युनिसको पूर्वमा रहेको राहत वितरण स्थल नजिकै विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत पीठो पाउने आशामा भेला भएका हजारौं प्यालेस्टिनीहरूमाथि इजरायली सेनाले गोलीबारी गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हिजो संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले इजरायलले खानालाई हतियार बनाएको बताउँदै राहत वितरण केन्द्रहरू नजिकै भएको गोलीबारीको अनुसन्धान गर्न आह्वान गर्नुभएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.