न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प

Everest Fuji News २०७३ कार्तिक २८ मा प्रकाशित       Published at 2016 Nov 13


(बिबिसी)Breaking News: कात्तिक-२८(बिश्व) न्यूजिल्याण्डको क्राइस्टचर्च नजिकै शक्तिकाली भूकम्प गएको अमेरिकी विशेषज्ञहरुले बताएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्र (युएसजीएस) ले ७.४ म्याग्निच्युडको भूकम्प मापन गरेको छ। भूकम्पको धक्का क्राइस्टचर्च लगायत ठूलो क्षेत्रमा महशुस गरिएको समाचारहरुमा जनाइएको छ। क्राइस्टचर्च अझै पनि सन् २०११ मा गएको भूकम्पले पुर्याएको क्षतिबाट तंग्रिने प्रयासमै थियो। क्षति पछिल्लो भूकम्पको क्षतिको विवरण आइसकेको छैन। उसबेलाको भूकम्पमा परेर १८५ जनाको मृत्यु भएको थियो। न्यूजिल्याण्ड प्रशान्त महासागरको धेरै ज्वालामुखी फुटने र भूकम्प गइरहने जोखिममा पर्दछ। सेप्टेम्बरमा गीसबोर्नको उत्तरपूर्वमा ७.१ म्याग्निच्यूडको भूकम्प गएर सुनामी चेतावनी दिनुपपरेको थियो। त्यसले भौतिक संरचनामा केही क्षति पुर्याएपनि मानव क्षति भएको थिएन।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.