अमेरिकामा ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै, दूतावासमा नेपालीहरु आत्तिएर फोन गर्छन्

Everest Fuji News २०७३ माघ १९ मा प्रकाशित       Published at 2017 Feb 01


अमेरिकामा ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै, दूतावासमा नेपालीहरु आत्तिएर फोन गर्छन् वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला निर्णयका विरुद्धमा जुलुस विरोध र धर्ना दैनिक बढेका छन् । मुख्य सडक, उपराष्ट्रपतिको निवासदेखि अन्तराष्ट्रिय विमानस्थलहरुमा समेत विरोध भएका छन् । राती अबेरसम्म मैनबत्ती बालेर जुलुस निकालेका छन् । राष्ट्रपति निर्वाचनको वहसमा नै पटक पटक आप्रवासी मुस्लीमलाई अमेरिकाबाट लखेट्ने बताउँदै आएका ट्रम्पले पाँच दिन अघि त्यस्तै निर्णय गरे । ट्रम्पको घोषणाले केही क्रिस्चियन र अन्य धर्म भएका मुलुकलाई भने फाइदा हुने देखिएको छ । नेपाल, भारत, रसिया, चीन युरोपेली मुलुकहरुलाई भने सहज हुने वातावरण बनाउनेतर्फ उनी लागेका छन् । नेपालीको फोनको ओइरो नेपाली दुतावासमा पनि राष्ट्रपति ट्रम्पको निर्णयपछि दैनिकजसो नेपालीहरुको फोन आउने गरेको राजदुत डा. अर्जुन कार्कीले बताएका छन् । आजको कान्तिपुरमा खबर छ । कागजपत्र भएर बसेका नेपालीहरु र अन्य सबैलाई धैर्य गर्न भन्ने गरेको छु । राजदूत कार्कीले भने ‘विरोध पनि भइरहेको छ । निर्णय पनि हुदै गएका छन् । हामी हेर्ने र सुन्ने हो । अन्य मुलुकको आन्तरिक मामिलामा हाम्रो कुनै धारणा हामीले बोल्नु हुदैन ।’(रातो पाटी)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.