अमेरिका फर्कन नपाइने त्रासले प्लेन टिकट रद्द गर्दै नेपाली

Everest Fuji News २०७३ माघ २१ मा प्रकाशित       Published at 2017 Feb 03


अमेरिकाबाट नेपालको यात्रा योजना बनाएका नेपालीले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि भटाभट प्लेन टिकट रद्द गर्न थालेका छन् । विश्वका सातवटा देशका नागरिकलाई आवधिक भिसा प्रतिबन्ध लगाउने र शरणार्थी कार्यक्रम आवधिक रुपमा रद्द गर्ने ट्रम्पको घोषणापछि अमेरिकाबाट नेपालको यात्रा योजना बनाएका नेपालीहरुले प्लेन टिकट रद्द गर्न थालेका हुन् । ट्रम्पको घोषणापछिको एकसातामा मात्र दर्जनौं नेपालीहरुले प्लेन टिकट रद्द गरेर नेपाल जाने तत्कालिन योजना त्यागेको ट्राभल एजेन्सीहरुले जनाएका छन् । न्युयोर्कको ज्याक्सनहाइटमा ट्राभल हाउस नेपाल संचालन गरिरहेका बिष्णुमान प्रधानले आफ्नो ट्राभल एजेन्सीमार्फत दर्जन भन्दा धेरै नेपालीहरुले किनेका टिकटहरु रद्द गराएका र किन्नका लागि बुक गराएका टिकट पनि रद्द गराएका जनाएका छन् । प्लेन टिकट रद्द गर्नेमा अमेरिकामा शरणार्थीको स्टेटसमा रहेका र अमेरिकाबाट भारत जान चाहने नेपालीहरुको संख्या उल्लेख्य छ । त्यस्तै टीपीएसमार्फत पूर्व जमानी अर्थात् एड्भान्स परोल लिएर यात्राको योजना बनाएका नेपालीहरुले पनि प्लेन टिकट रद्द गरेका छन् । अमेरिकामा शरणार्थीका रुपमा रहेका र अमेरिकी ट्राभल डकुमेन्टमार्फत नेपाल जाने योजना बनाएका तिब्बतीहरुले पनि प्लेन टिकट रद्द गरिरहेको प्रधानले जानकारी दिएका छन् । नेपाल गइसकेपछि अमेरिका फिर्ता हुनमा रोक लाग्नसक्ने त्रासका कारण उनीहरुले प्लेन टिकट रद्द गराएका हुन् । त्यस्तै नेपालबाट विभिन्न भिसामा अमेरिका आउने योजनामा रहेकाहरुले पनि विमानस्थलबाटै फर्कनुपर्ने त्रासका कारण अमेरिकाको यात्रा योजना स्थगित गरिरहेका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.