गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथों मैत्रीपुर्ण रनिङकप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा-

Everest Fuji News २०७४ फाल्गुन २८ मा प्रकाशित       Published at 2018 Mar 12


टोकियो जापान । “स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल "भन्ने मुख्य नारा सहित सन् २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले नेपाली नयाँ बर्ष २०७५ तथा क्लबको बार्षिकोत्सबको उपलक्ष्यमा यस बर्ष पनि चौथो मैत्रीपुर्ण रनिंगकप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ। स्थापना काल देखि प्रत्येक बर्ष आयोजना गर्दै आएको मैत्रीपुर्ण भलिवल प्रतियोगिता यो बर्ष आगामी अप्रिल महिनाको १८ तारिक बुधबारका दिन टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१हिगासी कामता (Ota-ku Sports Center1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा गरिने र बिगतका प्रतियोगिता भन्दा पृथक र थप ब्यवस्थित बनाउन कार्यक्रम आयोजक टिम बनाई आन्तरिक तयारी गरिरहेको क्लबका सचिब तथा कार्यक्रम प्रचार प्रसार संयोजक दुर्गा बहादुर खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिताका लागी जापानमा क्रियाशील संघ संस्था र कल्बहरुलाई टिम दर्ताका लागी मार्च २५ देखी अप्रिल १० तारिक सम्म समयसीमा राखी पत्राचार गरिएको र सोही अनुसार अग्रिम दर्ता हुने १६ टिमलाई खेलमा समावेश गरिने जनाईएको छ ।प्रदेसी भुमीमा ब्यस्तताका बाबजुत पनि नेपालको राष्ट्रीय खेल भलिबल खेलको प्रबर्द्वनका लागी क्लबले निरन्तर प्रतियोगिता संचालन गर्दै आईरहेको र यसबर्ष पनि त्यसकै निरन्तरता स्वरुप कार्यक्रम गरिएको प्रतियोगिता कभर्ट हल ब्यवस्थापन संयोजक लोकेश खत्रीले जानकारी दिनुभयो । प्रचलित टि.टि सिस्टम अनुसार नेपाली रेफ्रीहरुद्नारा खेल संचालन गरिने भएकाले खेल निष्पक्ष र ब्यवस्थित तरिकाले संचालनका लागी गृहकार्य भैरहेको रेफ्री तथा खेल संयोजक भबिन थापाले बताउनु भयो । प्रतियोगिता संचालनका लागी प्रायोजनका लागी पनि आह्वान गरिएको र प्रतियोगिताबाट बचेको रकमबाट बागलुङको गलकोट क्षेत्रमा आधिकारिक रुपमा संचालनमा रहेका क्लबहरुलाई खेल सामग्री प्रदान गरिने हुँदा खेलप्रेमी सम्पुर्णका लागी आर्थिक, भौतिक र नैतिक सहयोगको लागी आह्वान गरिएको कल्बका महासचिव लक्ष्मण कार्कीले बताउनुभयो । खेलाडी र खेलप्रतिको सम्मान स्वरूप क्लबले यस बर्ष प्रथम र द्वित्तिय पुरस्कार राशीलाई बढाउदै क्रमश ३ लाख एन र २ लाख यन बनाएको साथै प्रथम स्थान हासिल गर्ने टिमलाई सिल्भरको रनिङकप र उत्कृष्ट ५ बिधामा ५ खेलाडीलाई सिल्भरकै मेडलले सम्मान गरिने क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक रत्नसिंह बस्तेतले जानकारी दिनुभयो । क्लबले प्रायोजकहरुलाई सम्मान र खेल सम्बन्धी बिस्तृत जानकारीका लागी अप्रिल ३ तारिक साँझ ४ बजे टोकियोको सिनओकुबो स्थित नेपाली मुरा- सोलमारीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.