त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले पहिलो जित

Everest Fuji News २०८२ असार ५ मा प्रकाशित       Published at 2025 Jun 19




त्रिकोणात्मक टी–२० सिरिजको  दोस्रो खेलमा नेपालले पहिलो जित हासिल गरेको छ ।

गएराति भएको खेलमा घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २ बल बाँकी हुँदै ९७ रनमा अलआउट भएको थियो । जवाफमा नेपालले पाएको ९८ रनको कमजोर लक्ष्यमा नेपालले कडा संघर्ष गर्नु परेको थियो । नेपालले इनिङको अन्तिम बल बाँकी हुँदा ८ वकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १४ रन बनाएका थिए भने बसिर अहमदले १३ रन बनाउँदा किरन ठगुन्ना १० रन बनाएका थिए । नेपालका लागि विजयी रन भने सन्दीप लामिछानेले १ बल खेल्दै १ रन हानेर पुरा गरेका थिए । उनीसँग करण केसी ३ रनमा अविजित रहेका थिए । कमजोर स्कोरका बाबजुत नेपाली ब्याटरलाई दबाब दिन सफल भएको स्कटल्यान्डका लागि माइकल लिस्क र सफ्यान सरिफले समान २–२ विकेट लिंदा ब्रान्डन म्याकमुलम, मार्क वाट, ज्याक जार्भिस, र जसपर डेभिडसनले समान १–१ विकेट लिएका थिए । त्यसअघि नेपालको उत्कृष्ट बलिङमा सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिएका थिए भने त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिंदा ललित राजवंशीले १ विकेट लिएका थिए । नेपाल विरुद्ध सुरुवातबाटै धर्मराएको स्कटल्यान्डको इनिङ सुरुवाती २४ रन जोड्दै ५ विकेट गुमाउन पुगेको थियो । त्यसपछि छैटौं विकेटका लागि माइकल लिस्क र कप्तान म्याथ्यु क्रसले ३९ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी लामिछानेले तोड्दै पुन स्कटल्यान्डलाई धरासायि बनाएका थिए ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.