आईसीसी विश्वकप लिग–२ अन्तर्गत भएको क्रिकेट खेलमा नेदरल्याण्ड्सको जीत

Everest Fuji News २०८२ जेठ ३२ मा प्रकाशित       Published at 2025 Jun 14


आईसीसी विश्वकप लिग–२ अन्तर्गत भएको क्रिकेट खेलमा नेदरल्याण्ड्सको जीत भएको छ । 

नेदरल्याण्डले घरेलु टोली स्कटल्याण्डलाई ४ विकेटको पराजीत गरेको हो । बिहीबार सम्पन्न खेलमा ३ सय ७० रनको लक्ष्य नेदरल्याण्ड्सले ४९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । यो जीतसँगै नेदरल्याण्ड्सले इतिहास समेत रचेको बताइएको छ । त्यसअघि फोर्थहिल ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६९ रन बनाएको थियो । जारी लिग–२ मा नेदरल्याण्ड्सको यो १३ औँ जित हो । दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले २४ खेलमा १३ मा जित, ९ मा हार तथा दुई खेलमा अंक बाँडेको थियो । स्कटल्याण्डले यस लिग–२ मा १९ म्याच खेल्दा १२ मा जित, १० मा हार तथा दुई खेलमा अंक बाँडेको छ । ​स्कटल्याण्ड अहिले तालिकाको तेस्रो स्थानमा रहेको छ । सातौं स्थानमा रहेको नेपालले १६ म्याच खेल्दासम्म ९ मा हार, पाँच जित र दुई खेलमा अंक बाँडेको छ । स्कटल्याण्ड सिरिजमा नेपालले चारमध्ये तीनमा जित र एक खेलमा हार बेहोरेको थियो ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.