नेपाली क्रिकेटमा एेतिहासिक सफलता, नेपालले पायाे एकदिवसीय मान्यता

Everest Fuji News २०७४ चैत्र २ मा प्रकाशित       Published at 2018 Mar 16


काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटकाे एकदिवसीय मान्यता पाएकाे छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालकाे ओडिआई स्टाटस पक्का भएको हो । यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै पर्नेथियो । नेपालसँग पराजित भएकाे पपुवान्युगिनीले भने अाजैबाट अाेडिअार्इ स्टाटस गुमाएकाे छ । अहिलेसम्म एशोसिएसट टिम मात्र रहेकाे नेपालका लागि याे ठूलाे माैका पनि हाे । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि एकदिवसीय मान्यता पाएको हो । नेपाली टोलीका कप्तान पारस खड्काले एकदिवसीय मान्यता पाएकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटमा योगदान गर्ने सबैलार्इ धन्यवाद दिएका छन् । डिभिजन ५ बाट यात्रा थालेको नेपालले यसअघि २०१४ मा विश्वकप छनोट खेल्दै एकदिवसीय मान्यताको लागि प्रयास गरेको थिय । तर, न्यूजिल्याण्डमा कमजोर प्रदर्शन गरेपछि नेपाल डिभिजन ३ मा घटुवा भएको थियो । अब ओडीआई स्टाटस पाएपछि टिमले एक्सपोजर पाउनेछ भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग रकममा पनि उल्लेख्य वृद्धि हुनेछ । आर्इसिसीले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ। यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउने अवसर हुनेछ। यस्तै, टेष्ट राष्ट्र सम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामासमेत नेपालको सहभागिता सहज हुनसक्छ भने नेपाल आईसिसीको एक दिवसीय वरियतामा पर्नेछ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.