हिमालयन ब्वाइज फुटबल क्लब र डबका नेपाली रेस्ट्रूरेण्ट शिनोकोबू बीच सहकार्य हूने -

Everest Fuji News २०७५ आश्विन २५ मा प्रकाशित       Published at 2018 Oct 11


टोकियो ।

जापानमा क्रियाशील नेपाली फुटबल क्लबहरू मध्येको सक्रिय अब्बल मानिने हिमालयन ब्वाइज फुटबल क्लब र डबका नेपाली रेस्ट्रूरेण्ट शिनोकोबू बीच सहकार्य हूने भएको छ ।

जापानमा बढदो नेपालीहरूको चाप संगै विविध खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा पनी वृद्धि भएसंगै विश्व खेल जगतमा एकलौटी शासन गर्न सफल फुटबल खेलले जापानमा रहेका नेपालीहरूलाई पनि अछुतो राख्ने कुरै भएन। समय अभाव कार्य ब्यस्तता  लगायत विदेशी भूमिमा खेलकूद मात्र भनेर हिड्न सकने स्थिति प्राय असम्भव रहने जापानमा फ़ुटबल खेल र यस मार्फ़त स्वास्थ्यका लागी खेलकूद भंने नारा सहित खेलकूदमा लागेको हिमालयन ब्वाईज क्लब र त्यही कार्यको लागी हात मा हात मिलाएर संगै सहयात्रामा जाने डबका रेस्टुरेण्ट बिच सहकार्य भएको जनाएको छ ।

 

आइतबार एक कार्यक्रम का बीच आगामी दिनमा क्लब र रेस्टुरेण्टको सहकार्य गरि अघाडी बढ्ने संम्झौता भएको क्लबका म्यानेजर दीपक कार्किले जानकारी दिए साथै ऊक्त कार्यक्रममा डबकाको संचालक जनक सुबेदी ले क्लबलाई शुभकामना सहित जर्सी लगायत खेल-कुद सामाग्री हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.