सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको दाबी

Everest Fuji News २०८२ बैशाख २४ मा प्रकाशित       Published at 2025 May 07


जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको बताउनुभएको छ । 

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले पराम्परा धान्नका लागि मात्रै ल्याइएको नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको बताउनुभएको हो । यसलाई पास गर्नु र नगर्नुको कुनै अर्थ नरहेको उहाको भनाइ छ । अध्यक्ष यादवले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने बिषयमा पार्टीभित्र कुनै छलफल नभएको बताउनुभयो । 

उहाले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने वा नगर्ने भन्ने निर्णय पार्टी संसदीय दलको बैठकबाट हुने उल्लेख गर्नुभयो । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.