राप्रपाका नेता रविन्द्र मिश्र लगायत सबैको रिहाइको माग गर्दै रिले अनशन

Everest Fuji News २०८२ बैशाख २४ मा प्रकाशित       Published at 2025 May 07


काठमाडौं/


राप्रपाका नेता रविन्द्र मिश्र लगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले पाँचौ दिन पनि रिले अनशन जारी राखेका छन् ।

चैत्र १५ गते काठमाडौंमा भएको घटनाका आधारमा आफ्ना नेताहरुमाथि लगाइएको झुठा मुद्दा खारेज गर्दै मिश्र लगायत सबैको रिहाइको माग गर्दै उनीहरुले ललितपुरको जावलाखेलमा रिले अनशनलाई जारी राखेका हुन् । उनीहरुले झुठा मुद्दा खारेज गर, राष्ट्रवादीहरुलाई रिहा गर, विधिको शुशासन कायम गर, नागरिक स्वतन्त्रता हक कायम गर लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

रिले अनशनको पाँचौ दिन राप्रपाका केन्द्रीय सदस्य उदयराज पोखरेल लगाएतका नेताहरु सहभागी भएका छन् । पोखरेलले चैत्र १५ गतेको घटनामा झुटा मुद्दा लगाएर पक्राउ परेकाहरुलाई छिटो भन्दा छिटो रिहा गर्नुपर्ने बताउनुभयो ।

उहाले आफुहरुको आन्दोलन नरोकिने भन्दै आफ्ना माग मुद्दा स्थापीत भएरै छाड्ने उल्लेख गर्नुभयो । मिश्र लगायतका नेताहरु चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.