नीति तथा कार्यक्रमको छलफल निरर्थक : पौडेल

Everest Fuji News २०८२ बैशाख २४ मा प्रकाशित       Published at 2025 May 07


काठमाडौं/

 नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताउनुभएको छ ।मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै पौडेलले अर्थ मन्त्रालयले अगामी आर्थिक बर्षको बजेट लक गरिसकेको भन्दै नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताउनुभएको हो ।

उहाले नीति तथा कार्यक्रममा आएका जनताका सरोकारका सुझावहरु अब बजेटमा समेटिने अवस्था न्यून रहेको धारणा राख्नुभयो । पौडेलले नीति तथा कार्यक्रम, प्रि बजेट तथा बजेटको छलफलको श्रृखला नमिलेको तर्क गर्नुभयो ।चालू आर्थिक बर्षको योजनाहरु बजेट अभावका कारण अल्झेर बसेको अवस्थामा उक्त आयोजनालाई निरन्तरता नदिदा थप समस्या हुने देखिएको उहाले बताउनुभयो ।त्यस्तै उहाले सरकारको कार्यक्रमले मुलुकको अर्थतन्त्र चलायमान गराउने नदेखिएको समेत आरोप लगाउनुभयो ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.