भारत- पाकिस्तान जम्मु कश्मीरमा गरेको हवाइ आक्रमणमा २६ को मृत्यु, ४६ घाइते

Everest Fuji News २०८२ बैशाख २७ मा प्रकाशित       Published at 2025 May 10



काठमाडौं/

भारतले पाकिस्तान र जम्मु कश्मीरमा गरेको हवाइ आक्रमणमा परि २६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ ।

नियन्त्रण रेखा क्षेत्रमा पाकिस्तानी सेनाले सीमापारिबाट गरेको गोलाबारीबाट कश्मीरको पुन्च जिल्लामा १० जना सर्वसाधारण मारिएको समेत बताइएको छ । भारतले पाकिस्तान र कश्मीरमा ‘अपरेशन सिन्दूर’ नाम दिएर हवाइ हमला गर्दै आएको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा सुरु गरिएको अपरेशन सिन्दुरले अतिवादीको आश्रयस्थल मानिएका ९ स्थानमा आक्रमण गरेको थियो । भारतीय सेनाले अतिवादी गतिविधि गरेको आरोपमा जैश ए–मोहम्मद र लश्करका शीर्ष नेतृत्व रहेका क्षेत्रलाई निशाना बनाएको र आक्रमणका लागि तिनै क्षेत्रहरु छनोट गरेको जनाएको छ । सो क्रममा भारतका ५ वटा फाइटर जेट र एउटा ड्रोन खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । यसैबीच, भारत र पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्र संघले पुनः अपील गरेको छ । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.