काठमाडौं/
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातर्फ अघि बढाउन धेरै चूनौति रहेको बताउनुभएको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित निर्मल लामाको २५औं स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रतिक्रियाबादीहरुले आफुहरुमाथि भ्रम छर्ने र षडयन्त्र गर्ने गरेको भन्दै कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातर्फ अघि बढाउन धेरै चूनौति रहेको बताउनुभएको हो ।
उहाले बिचार, मुद्दा र वर्गलाई केन्द्रीत गरेर एकपटक यथास्थीतिलाई भत्काउदै रुपान्तरणसहित समाजवादी क्रान्तिलाई अघि बढाउन खाजेको उल्लेख गर्नुभयो । इतिहासबाट राम्रा कुरा सिकेर क्रान्तिलाई अगाडि बढाउने संकल्प गर्दा प्रतिक्रियावादी र अवसरवादीहरुले नेतृत्वमाथि हमला गर्न सक्ने भएकाले सचेत हुनुपर्ने उहाले बताउनुभयो ।प्रचण्डले राजनीतिक मुद्दा केन्द्रीत भएर समाजवादको आधार तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।