काठमाडौं/
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कÞानून जगतको दायित्व महत्वपूर्ण रहेको बताउनुभएको छ ।
कानून दिवसका अवसरमा सर्वोच्च अदालतले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका लगाएतका व्यवस्था गरेको भन्दै उक्त व्यवस्थाप्रति प्रतिवद्ध रहँदै यसको संरक्षण, प्रवद्र्धन एवम् न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व रहेको बताउनुभएको छ ।
उहाँले प्रधान न्यायालय ऐनलागू भएपछि व्यवहारिक रुपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरुप न्याय सम्पादनको कार्यको थालनी भएको हुँदा न्याय र कानून जगतमा यो दिनको विशेष महत्व रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरुप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।