सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर

Everest Fuji News २०८२ बैशाख २७ मा प्रकाशित       Published at 2025 May 10



काठमाडौं/


उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताउनुभएको छ । 

शनिबार काठमाडौंमा ढुवानी व्यवसायी महासंघको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै पौडेलले हरेकलाई सम्मानका साथ आफ्नो व्यवसाय अघि बढाउने वातावरण बनाउन सरकार गम्भीर रहेको बताउनुभएको हो ।देशभित्र उत्पादन बढाउने, राज्यलाई कर तिर्ने र सम्मानीत नागरिकका रुपमा समाजमा प्रस्तुत हुने अवस्था सिर्जना हुँदै गएको उहाले बताउनुभयो ।

उहाले ढुवानी व्यवस्था प्रभावकारी हुन नसके बितरण प्रणालीमा नै असर पर्ने भएकाले यसलाई प्रभावकारी बनाएर समृद्धिको यात्रामा अघि बढ्न सकिनेमा कुनै विवाद नरहेको धारणा राख्नुभयो । उहाले बजेट निर्माणका सन्दर्भमा व्यवसायीहरुको सुझावलाई महत्वका साथ आफुले हेरेको बताउनुभयो ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.