लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको आरोप

Everest Fuji News २०८२ असार ५ मा प्रकाशित       Published at 2025 Jun 19


काठमाडौं/


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको आरोप लगाउनु भएको छ । 

प्रतिनिधि सभाको आज बसेको बैठकमा बोल्ने क्रममा उहाँले आरोप लगाउनु भएको हो । उहाँले गृहमन्त्री रमेश लेखकले सदनको रोष्ट्रमबाट भुइँ मान्छेहरूको आवाजलाई कटाक्ष गरेको समेत बताउनु भएको छ । उहाँले गृहमन्त्रीले विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो भन्ने जवाफ समेत दिन नसकेको बताउनु भएको छ । उहाँले विमानस्थलभित्रको अनुसन्धान गरेको, अनावश्यक कर्मचारी विमानस्थलमा थपेको, सचिवालयका कर्मचारीको सचिवालयको कर्मचारीको सरुवा, डीआईजीका सरुवालगायतको विषयमा उत्तर दिन नसकेको बताउनु भएको छ । उहाँले आफूहरूको आन्दोलन जारी रहेको भन्दै गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन नभएसम्म आफूहरू अडान नछाड्ने बताउनु भएको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.